नियम
परीक्षा नियन्त्रकले प्रमाणपत्र सच्याउन लगाउने र दस्तुर लिने

(१) उमेर, नाम वा जात सच्याउने गरी फैसला भएकोमा प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित परीक्षा नियन्त्रकलाई त्यसको सूचना र फैसलाको नक्कल अविलम्ब पठाई दिनेछ र त्यस्तो परीक्षा नियन्त्रकले उक्त जनाउ र फैसला बमोजिम सम्बन्धित व्यक्तिको प्रमाणपत्र र शिक्षालयमा रहेको रेकर्डमा नाम, जात वा उमेर सच्याउन लगाउनेछ ।
(२) "उपनियम (१) बमोजिम सूचना र फैसलाको नक्कल प्राप्त भए पछि राष्ट्रिय परीक्षा बोर्डबाट तोकिएको दस्तुर लिई नाम, जात वा उमेर सच्याइएको नया प्रमाणपत्र सम्बन्धित परीक्षा नियन्त्रकले सम्बन्धित व्यक्तिलाई दिनेछ र पुरानो प्रमाणपत्र उक्त व्यक्तिसंग खिची लिनेछ ।